एनएलजी इन्स्योरेन्सको बोनस घोषणा

0
Shares

एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको मंसिर १६ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५३५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनएलजी इन्स्योरेन्सले १३ करोड ९६ लाख ४३ हजार ६१७ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये १३ करोड २६ लाख ६१ हजार ४३६ रुपैयाँ बराबरको बोनस सेयर र ६९ लाख ८२ हजार १८१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

सञ्चालक समिति बैठकबाट प्रस्तावित सो लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार रुपैयाँ रहेको छ । १३ करोड २६ लाख ६१ हजार ४३५ रुपैयाँ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ पुग्नेछ ।

एनएलजीले अघिल्लो आर्थिक वर्ष २०७७।७८ बाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।