मकर जितुमाया सुरि हाइड्रोपावरको वार्षिक साधारण सभा आह्वान

0
Shares

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको मकर जितुमाया सुरि हाइड्रोपावरले आगामी पुस १३ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीले पुस १३ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा डाकेको हो ।

सभाले आव २०७८र७९ सम्मको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिको गठन सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत बैशाख ८ गते नै निवेदन दिइसकेको छ । उक्त आईपीओ सेबोनबाट स्वीकृती पाएपछि सार्वजनिक निष्कासनमा आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १४ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।