चेपे जलविद्युत आयोजनामा भएको तोडफोडप्रति ईप्पानको ध्यानाकर्षण


मंसिर २४ गते शनिबारका दिन चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रबद्र्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन रहेको चेपे ए जलबिद्युत आयोजनामा भएको आक्रमण तथा तोडफोडप्रति ईप्पानले ध्यानाकर्षण भएको जनाएको छ ।

“७ मेगावाट क्षमताको उक्त आयोजनाको साइट अफिस एबम् पावर हाउसमा एक समूह प्रबेश गरी कार्यालय समान र सवारी साधन तोडफोड र आगजनी गरी करिब ३ करोड रुपैयाँ बराबरको क्षति पु¥याएको घटनाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) लाई स्तब्ध बनाएको छ,” विज्ञप्तिमा भनिएको छ, “राइनास नहरसँगको सरोकारको बिषयमा भएको असमझदारीपश्चात घटाइएको यस्तो उच्छृङखल तथा अराजक घटनाको इप्पान घोर भत्र्सना र निन्दा गर्दछ । साथै हरेक आयोजनाहरु र त्यसका सरोकारवाला पक्षहरुबिचको कुनै पनि असमझदारी आपसी संबाद र छलफलबाटै समाधान गर्न सकिनेतर्फ ईप्पान जोड दिन चाहन्छ ।”

विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको सामना गरिरहनुपरेको इप्पानको भनाई छ । एक पक्षीयढंगले आफ्ना माग पुरा गराउन आयोजनालाई गम्भीर क्षति पु¥याउने तथा प्रबद्र्धक एवम् कर्मचारीहरुलाई मानसिक र भौतिक रुपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले त्यस खालका गतिबिधि हुने गरेकोतर्फ ईप्पानले ध्यानाकर्षित गरेको हो ।

यस प्रकारका आपराधिक गतिबिधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रबाह हने भन्दै संस्थाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

आयोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभुती गराउनुका साथै तत्काल यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने ब्यवस्था मिलाउन पनि ईप्पानले सरकारसँग माग गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।