सेयर बजार लगातारको चार कारोबार दिनपछि पाँचौं दिनमा आएर दोहोरो अंकले वृद्धि भएको छ । यसबीचमा ७८ अंकको गिरावट आएपछि बजार सुधारतर्फ लागेको हो ।
अर्कोतर्फ पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निरन्तर निक्षेप थपिन क्रम जारी रहँदा पुसमा ब्याजदर घट्ने आंकलनका कारणले पनि बजार वृद्धिमा टेवा पुगेको जानकारहरु बताउँछन् ।
पूर्वबैंकर पर्शुराम कुँवरले तरलता र ब्याजदरका विषयमा सामाजिक सञ्जाल फेसबुक मार्फत पुस महिनाबाट बैंकहरुको ब्याजदर राम्रै घट्ने विचार ब्यक्त गरेका थिए । यसले पनि बजारका लगानीकर्ताहरुको मनोबल बढाएको हो ।
सोमबार बजार सूचक नेप्से ०.९० प्रतिशत अर्थात १६.९७ अंकले बढेर १९०२.२७ बिन्दुमा बन्द भएको छ । आज सूचीकृत २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर २२ हजार ९९३ वटा संख्यामा खरिद बिक्री भएको छ ।आज कारोबार रकम १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँमा समेटिएको छ । सूचकसँगै कारोबार रकममा पनि २६ करोड २६ लाख रुपैयाँ वृद्धि भएको छ ।
वाणिज्य बैंकहरुमध्ये सर्वाधिक लाभांश प्रस्ताव गरेको भएपनि अघिल्लो आवभन्दा ८ प्रतिशत कम प्रस्ताव गरेपछि बैंकको सेयरप्रति लगानीकर्ता आकर्षित हुन नसक्दा ३.६६ प्रतिशत घटेर उच्च कारोबार भएको छ । नबिल बैंकको आज २१ करोड ३२ लाख ४१ हजार रुपैयाँको २ लाख ६१ हजार ५१९ कित्ता कारोबार भएको छ । बैंकले गत आवबाट १८.५० प्रतिशत बोनस र ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी कुमारी बैंकको संस्थापक सेयर १० करोड ९८ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ६ करोड २१ लाख रुपैयाँ, आशा लघुवित्तको संस्थापक सेयर ५ करोड ९३ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ४ करोड ३५ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
आजको बजारमा समीट लघुवित्त र सिवाईसी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । समीटको मूल्य १०६ रुपैयाँ बढेर ११६६.२० रुपैयाँ तथा सिवाईसी लघुवित्तको १८६ रुपैयाँले बढेर २०५४.८० रुपैयाँ पुगेको छ ।
यस्तै नेपाल टेलिकमको ७.४६ प्रतिशत, आर्दश लघुवित्तको ६.०८ प्रतिशत, धौलागिरी लघुवित्त ६.०८ प्रतिशत, ग्रीन डेभललपमेन्टको ५.५८ प्रतिशत, ग्रीन भेञ्चर लिमिटेडको ५.२८ प्रतिशत, गणपति लघुवित्त ५.२५ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको ५.११ प्रतिशतले सेयरमूल्य बढेको छ ।
सोमबारको बजारमा ग्लोवल आईएमई ब्यालेन्स्ड फन्ड–१ को इकाईमुल्य सर्वाधिक ९.९३ प्रतिशतले घटेर ८.१६ रुपैयाँमा झरेको छ । कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५.७१ प्र्रतिशत, मैलुङ्गखोला जलविद्युत ५.७१ प्र्रतिशत, नबिल बैंक ३.६६ प्रतिशत र अपर हेवाखोला हाईड्रोपावरको २.२१ प्रतिशतले सेयर मुल्य घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया