एभरेष्ट बैंकको एक अर्ब ९५ करोड लाभांश पारित, चुक्ता पुँजी १० अर्ब ६५ करोड पुग्ने

0
Shares

एभरेष्ट बैंक लिमिटेडको सोमबार सम्पन्न भएको २८ औं वार्षिक साधारण सभाबाट सेयरधनीलाई कुल १ अर्ब ९४ करोड ९५ लाख ९५ लाख ७३ हजार ९५५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

सभाले सेयरधनीहरुलाई आव २०७८।७९ बाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर समेत ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले सेयरधनीलाई १ अर्ब २२ करोड ५५ लाख ५४ हजार २२७ रुपैयाँ बराबरको बोनस सेयर र कर सहित ७२ करोड ४० लाख १९ हजार ७२८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो । बोनस सेयर वितरण पश्चात एभरेष्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ ।

यस्तै बैंकको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । बैंकले अधिकृत पूँजी १० अर्ब बाट वृद्धि गरि १५ अर्ब कायम गरि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकले ७ प्रतिशत कन्र्भटेबल प्रिफरेन्स सेयर अन्तिम पटक साधरण शेयरमा परिणत हुने र प्रस्तावित बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारण सभाले  आर्थिक वर्ष २०७९/८० को लागि श्री एनअमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।