सिमुलेसन विज्ञान प्रदर्शनी २०२२ सुरु


सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरू भएको छ ।

होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरू भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने संस्थाका प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिए ।

होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको बस्नेतले बताए ।

साथै अन्तर क्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरू सहभागी हुने व्यवस्था मिलाइएको छ ।

प्रदर्शनीमा ग्याजेट र रोवोटिक कुराहरू प्रयोग गरिएको छ । जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरूको प्रशिक्षणले आगामी दिनमा बालबालिकहरूलाई विषय बुझ्नका लागि थप सहयोग हुने अपेक्षा गरिएको छ ।

त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने सिमुलेसन साइन्स सेन्टरकी प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा थापाले जानकारी दिइन् । यो प्रदर्शनीमा स्कुले बालबालिका र उनका अभिभावकहरूले फाइदा लिन सक्ने थापाले बताइन् ।

उक्त मेलामा विद्यार्थीका अभिभावकले पनि जानकारी लिन पाइने, सिकेका कुराहरू अभ्यास गर्न पाउने व्यवस्था मिलाइएको थापाले बताइन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।