सुपर मादी हाइड्रोपावरको प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) मा नेपालबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका ८ हजार ९ जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन पुस ५ गते मंगलबार बेलुका ४ बजेसम्म उल्लेखित संख्याबाट ७ करोड ९५ लाख ७८ हजार रुपैयाँ बराबरको ७ लाख ९५ हजार ७८० कित्ता खरिदका लागि आवेदन परेको हो ।
कम्पनीले मंसिर २० गतदेखि पुस ५ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको लागि सेयर बिक्री खुला गरेको थियो ।
सुपर मादी हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि २ लाख १० हजार कित्ता सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा ३.७९ गुणा बढी आवेदन हो ।
कम्पनीले जारी पूँजीको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकोमा जसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पुँजी २ अर्ब १० करोडको ५ प्रतिशतले हुन आउने १० लाख ५० हजार कित्ता तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा छुट्टाएको २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ जारी गरेको थियो।
उता कम्पनीले स्थानीय बासिन्दाहरुलाई भने सेयर भर्ने समय १५ थप गरेर पुस २० गतेसम्म पुर्याएको छ । आयोजना प्रभावितबाट अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका तथा पोखरा महानगरपालिका स्थानीयले कम्पनीको सेयर भर्न सक्नेछन् ।
कम्पनीले आईपीओ सेयर बिक्री गर्न गराएको रेटिङ्गमा रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर डबल बी’ रेटिङ्ग प्रदान गरको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । ४४ मेगावाट क्षमताको आयोजना प्रतिमेगावाट १८ करोड ९७ लाख ७२ हजार रुपैयाँको दरमा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस आधारमा आयोजनाको कुल लागत ८ अर्ब ३५ करोड रुपैयाँ पुग्ने अनुमान छ ।
२०६५ सालमा कम्पनी दर्ता भई २०६९ देखि कारोबार सुरु गरेको कम्पनीले २०७३ चैत २१ गत विद्युत उत्पादन अनुमति पाएको हो । आयोजनाको अनुमति २१०८ चैत १६ गतेसम्म बहाल रहनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया