कर छलीमा संलग्न दुई फर्म विरुद्ध साढे ७८ करोड माग दाबी गर्दै मुद्दा दायर

0
Shares

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा दुई फर्मविरुद्ध झण्डै ७८ करोड माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले मंगलबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भएका सुमित एण्ड स्वयता ट्रेडर्सका प्रोपाइटर पूनित बानियाँ र ललितपुर महानगरापालिका वडा नं. ११ कुम्भेश्वर स्थायी बसोबास भएका त्रिशक्ति ट्रेडर्सका प्रोपाइटर सिद्धिबहादुर महर्जन विरुद्ध मुद्दा दायर गरेको हो ।

बानियाँ विरुद्ध ६६ करोड ७ लाख एक हजार ७९२ रुपैयाँ र महर्जन विरुद्ध १२ करोड ३५ लाख ८५ हजार १५८ रुपैयाँ सजायको माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

बानियाँले ३३ करोड कर छली गरेको विभागको भनाई छ । बानियाँले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सो बमोजिमको कर योग्य आयमा लाग्ने कर रकम समेत सम्बन्धीत आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नु पर्नेमा सो बमोजिम नगरी अवैध तवरले कारोबार गर्ने गरेको पाइएको आयोगले जनाएको छ । त्यस्तै उक्त फर्मले बुझाउनु पर्ने राजस्व नबुझाइ अर्काे फर्मबाट समेत कारोबार गरेको देखिएको विभागको भनाई छ ।

यस्तै महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर नतिरी राजस्व चुहावट गरेको विभागको आरोप रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०७९, मंगलबार  १६ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।