सरकारले आन्तरिक ऋण उठाउनका लागि नयाँ र पुरानो गरेर १० अर्ब ६० करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्सको बिक्री गर्ने भएको छ ।
सरकारले ७ अर्ब रुपैयाँ बरावरको नयाँ र ३ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरीलाई नविकरण गर्न लागेको हो ।
सरकारले सोमबार ३ अर्ब ६० करोडको ९१ दिने पुरानो ऋणपत्रको सावाँ फिर्ता नगरी नविकरण गर्न लागेको । त्यसैगरीे ७ अर्ब बरावरको ३६४ दिने नयाँ ट्रेजरी मार्फत आन्तरिक ऋण उठाउन खोजेको हो ।
यसअघि सरकारले माघ ३ गते ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी हुने गरेको थियो ।
सरकारले विकास खर्च गर्न नसकेको र चालु खर्चका लागि समेत राजस्व संकलन नभएपछि अन्तरिक ऋण उठाउने क्रमलाई बढवा दिएको हो । अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप परेपछि सरकारले आयातमा गरेको नियन्त्रणले राजस्व संकलनमा कमी आएको छ ।
चालु खर्च पनि प्रयाप्त नहुने गरी राजस्व संकलन भएपछि सरकारले बैंकिङ क्षेत्रको जटिल अवस्थामा पनि आन्तरिक ऋण उठाउन लागेको हो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया