नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको फिनपोसमा नेपालपे ट्याप र क्यूआर गर्न सकिने

नोटबजार संवाददाता
काठमाण्डौं ।
२२माघ, २०७९, आईतवार / Feb 05, 2023 11:13:am

नेपाल इन्भेस्टमेण्ट मेगा बैंक (NIMB) ले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट नेपालपे ट्याप र नेपालपे क्यूआर सेवाको थालनी गरेको छ।

ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । अब इन्टरनेट बिना पनि ग्राहकले नेपालपे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरी डायनामिक नेपालपे क्युआरलाई पनि एनआईएमबीले आफ्नो फिनपोसमा सुचारु गरेको छ । उक्त फिनपोसमा उपलब्ध क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्टआईपीएस प्रयोग गर्न सकिन्छ । एनआईएमबीले सुरुवात गरेको पोस डिभाइसमा क्यूआर र एनएफसी मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो ।

नेपालपे ट्याप, एनएफसी प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो पीटूपी र पीटूएम भुक्तानीहरूको लागि कन्ट्याक्टलेस भुक्तानीको माध्यम हो । ग्राहकलाई एनएफसी सम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन ।

यससँगै अब ग्राहकले पोसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फिनपोसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा कनेक्टआईपीएस मोबाइल एप मार्फत उपलब्ध रहेको छ ।

यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी इनेबल भएको हुनुपर्दछ । हाल नेपालपे ट्यापको कारोबार सीमा प्रति कारोबार ५ हजार रुपैयाँसम्म रहेको छ र यसलाई ग्राहक आफैंले पनि निर्धारण गर्न सक्दछन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक हाल डिजिटल भुक्तानीलाई थप प्रबद्र्घन गर्न निकै सकृय रुपमा लागिरहेको अग्रणी बैंक हो भने बैंकले आफ्ना धेरै जसो सेवाहरु डिजिटल माध्यमबाट नै प्रदान गर्दै आएको छ ।

बैंकको देशभरी ९ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, ७ लाख कार्ड प्रयोगकर्ता, ४ हजार भन्दा बढी पोस तथा २७८ वटा एटिएम रहेका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments