प्रभु इन्स्योरेन्स लिमिटेडले फागुन २३ गते मंगलबार २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा दिनको ११ बजे सभा सुरू हुनेछ ।
उक्त सभाले चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसन गर्न सफल नभएमा भने बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पु¥याउन आवश्यक मात्रामा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्यितारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच गत असार ३२ गते मर्जरका लागि सम्झौता गरेको थियो । तर पछिल्लो समय स्वाप रेसियो र सीईओमा कुरा नमिलेपछि अन्तिम समयमा आएर रद्द भएको थियो । प्रभुले हालसम्म अन्य कुनै कम्पनीसँग मर्जरका लागि सम्झौता गरेको छैन ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १२ गते शुक्रबार बुकक्लोज गर्ने मिति तोकेको छ । यस आधारमा फागुन ११ गते बिहीबारसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया