नेपाल टेलिकमको नाफा सवा चार अर्ब माथि, ९.१६% बढ्यो

0
Shares

नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ ।
ग्राहक सेवाबाट प्राप्त गर्ने आम्दानी घटेपनि ब्याज लगायत अन्य अम्दानीमा वृद्धि हुँदा कुल आम्दानीसँगै नाफा बढेपछि समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९.१६ प्रतिशत बढेको हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रहेको टेलिकमको वार्षिक प्रति सेयर आम्दानी ४७ रुपैयाँ २८ पैसा रहेको छ । गत आवको सोही अपधिमा ४३ रुपैयाँ ३१ पैसा इपीएस थियो । यस्तै जगेडा कोषमा रकम ३.८१ प्रतिशतले घटेर ७४ अर्ब ३२ करोड ५९ लाख ९७ हजार रुपैयाँ बढी कायम रहँदा कम्पनीको प्रति सेयर नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १८.३७ गुणा छ ।

कम्पनीले ग्राहक सेवाबाट गत वर्षभन्दा ५.८८ प्रतिशत घटेर १८ अर्ब ७ करोड ७३ लाख ४९ हजार आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमाससम्म कम्पनीले ग्राहकबाट १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

ग्राहकबाट हुने आम्दानी घटेपनि कम्पनीको अन्य आम्दानी भने बढेको छ । गत आवको पुसमा २ अर्ब ७८ करोड २० लाख रहेको अन्य आम्दानी करिब ४४.६४ प्रतिशत बढी ४ अर्ब २ करोड ३७ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल आम्दानी ०.५१ प्रतिशत बढेर २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको कर्मचारी खर्च ३ अर्ब ७२ करोड ३९ लाख रुपैयाँबाट घटेर ३ अर्ब ५८ करोड ६३ लाखमा झरेको छ । यस्तै सञ्चालन तथा मर्मत खर्च ६२ रोड भन्दा माथिले घटेको छ । तर, सेवा बिक्री तथा त्यसको प्रबद्र्धन खर्च भने बढेको छ ।

नियामकीय शुल्क तथा नवीकरण खर्च र अन्य खर्च करिब ७ करोडले घटेको छ भने कम्पनीको फाइनान्स लागत पनि घटेको छ । जसले कम्पनीको नाफा बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १ फागुन २०७९, सोमबार  १३ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।