सिटिजन्स बैंकको १ लाख ३४ हजार कित्ता संस्थापक सेयर लिलामीमा

0
Shares

सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले सर्वसाधारणमा १ लाख ३४ हजार ७९४ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ ।

लिलामी सेयरको न्यूनतम मूल्य १६० रुपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३ लाख ३८ हजार ९६० दशमलव ३६ कित्ता सेयर पुस २७ गतेदेखि बिक्रीमा ल्याएको थियो । सो अवधिमा अवितरित सेयर हाल सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

कुमारी बैंकको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले फागुन ९ गते मंगलबारदेखि १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ फागुन २०७९, मंगलबार  १४ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।