मोलुङ्ग हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने

0
Shares

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको फागुन १९ गते शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा बिहान १० बजे सेयर बाँडफाँड हुनेछ ।

कम्पनीले फागुन ४ देखि १० गतेसम्म जारी गरेको सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड हुनेछ । कम्पनीको आईपीओ २ लाख २६ हजार ४६५ जनाले मात्र पाउनेछन् । जसमध्ये २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले र ५ जनाले ११ कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १४ लाख ९० हजार ७१४ वटा आवेदन मार्फत कुल १ करोड ६६ लाख २३ हजार २२० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई निष्काशन गरेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरको ७.३३ गुणा भन्दा बढी हुन आउँछ ।

सर्वसाधारणमा सेयर जारी भएको १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै निष्कासन तथा बाँडफाँड गरिसकेको छ । यस्तै ५ प्रतिशत १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ फागुन २०७९, बिहीबार  १५ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।