नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको छ ।
सरकारले आन्तरिक ऋण उठाउनका लागि नयाँ र पुरानो गरेर उक्त रकम बराबरको ट्रेजरी बिल्सको बिक्री गर्ने भएको हो ।
केन्द्रीय बैंकले ५ अर्ब रुपैयाँ बराबरको नयाँ तथा १७ अर्ब १० करोड २५ लाख बराबरको ट्रेजरीलाई नविकरण गर्न लागेको हो । राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाइदिने गर्छ ।
बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ११ अर्ब ५० करोड २५ लाख रुपैयाँ, १८२ दिन अवधिको ६० करोड रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २२ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० बैशाख १२ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० असार १२ गते, १८२ दिन अवधिको २०८० असोज ९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० चैत १३ गते परिपक्व हुनेछ ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक ब्याजदर कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
सरकारले विकास खर्च गर्न नसकेको र चालु खर्चका लागि समेत राजस्व संकलन नभएपछि अन्तरिक ऋण उठाउने क्रमलाई बढवा दिएको हो । चालु खर्च पनि प्रयाप्त नहुने गरी राजस्व संकलन भएपछि सरकारले बैंकिङ क्षेत्रको जटिल अवस्थामा पनि आन्तरिक ऋण उठाउन लागेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया