नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा पुनः मतगणना सुरू भएको छ । दुई वटा संकेत लगाईएको विषयमा विवाद भएपछि रोकिएको मत पुन गणना सुरु भएको हो ।
प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले उक्त मतपत्रलाई सदर गर्ने निर्णय गरेसँगै पुनः मतगणना सुरू भएको छ ।
हालसम्म १ हजार २०० मतगणना हुँदा बरिष्ठ उपाध्यक्षको प्रत्याशी संघईले सबैभन्दा धेरै ४५२ मत प्राप्त गरेका हुन् । यस्तै उनलाई पच्चछाउँदै गरेका अर्को प्रतिस्पस्र्धी अन्जन श्रेष्ठले ४१७ मत प्राप्त गरेका छन् । तेस्रो उम्मेदवार उमेशलाल श्रेष्ठले ३१७ मत पाएका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । बुधबार भएको एफएनसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल १ हजार ६५९ मत खसेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया