नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावमा हाल वरिष्ठ उपाध्यक्षको मतगणना अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार १ हजार ५०० मतगणना हुँदा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । बरिष्ठ उपाध्यक्षको प्रत्याशी संघईले एक्लैले ५७९ मत प्राप्त गरेका हुन् ।
यस्तै उनलाई पच्छाउँदै अर्को प्रतिस्पस्र्धी अन्जन श्रेष्ठले ५०९ मत प्राप्त गरेका छन् । श्रेष्ठ संघइभन्दा ७० मतले पछाडि छन् । तेस्रो उम्मेदवार उमेशलाल श्रेष्ठले ३९६ मत पाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया