अम्बे ग्रुपको लगानी रहेको अम्बे सिमेन्टको सञ्चालन आम्दानी घटेको छ । निर्माण क्षेत्रमा देखिएको सुस्तता, सिमेन्ट उत्पादक कम्पनीहरुबीचको बढ्दो प्रतिस्पर्धाका कारण अम्बे सिमेन्टको आम्दानी घटेको हो ।
सिमेन्टको सञ्चालन आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२ मा ३३.२५ प्रतिशतको गिरावट आएको हो । सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ३६ करोड ३० लाख रहेको छ । सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ४ करोड २० लाख थियो । कम्पनीको आम्दानीमा गिरावट आएता पनि वित्तीय सूचांकमा सकरात्मक सुधार आएको छ ।
सन् २०२१ मा अर्मोटाइजेसन, ह्रासकट्टी, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ६.७९ प्रतिशत थियो । तथापि सन् २०२२ मा कम्पनीको सो नाफा ०.१४ प्रतिशत विन्दुले बढेर ६.९५ प्रतिशत पुगेको हो ।
सन् २००४ मा स्थापना भएको अम्बे सिमेन्टको किलंकर ग्राइन्डिङ प्लान्ट पर्सामा स्थापित छ । कम्पनीले पोर्टल्यानड पोज्जोलोाना सिमेन्ट (पिपिसी), अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) र पोर्टल्यान्ड स्याल्याग सिमेन्ट (पिएससी) सिमेन्टको उत्पादन गर्दै आएको छ ।
कम्पनीका अध्यक्ष अम्बे ग्रुपकै शोभाकर न्यौपाने रहेका छन् । यस्तै कम्पनीका प्रबन्ध निर्देशक सज्जन कुमार अग्रवाल हुन् । ९५ करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरनेपालले ९५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–४ प्लस रेटिङ गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया