छापावाला सुन आज सोमबार १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ आज १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको भाउ पनि हिजोको तुलनामा स्थिर बनेको छ । हिजो १३ सय ६० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही भाउमा कायम छ ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४५ दशमलव ८६ डलरमा कारोबार भइरहेको छ भने चाँदी २३ दशमलव २४ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया