कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

नोटबजार संवाददाता
काठमाण्डौं ।
१७ जेठ २०८०, बुधवार May 31, 2023 09:26:am

कुमारी बैंकले ७१ लाख २६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा जो कोही व्यक्ति वा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुकले आज जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म आवेदन दिन सक्ने छन् । सेयर बिक्री मूल्य ११० रुपैयाँ तोकिएको छ ।लगानीकर्ताले के कति दररेटमा सेयर खरिद गर्ने हो सो उल्लेख गरी कुमारी क्यापिटल लिमिटेड, नागपोखरी नक्साल काठमाण्डौंमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् । बोलपत्र दाखिला गरेपछि बोलपत्रमा कबोल गरेको सेयर संख्या र रकममा कुनै हेरफेर वा बोलपत्र फिर्ता लिन पाइने छैन ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments