दिगो आवास निर्माणका लागि नबिल बैंक र बीन परियोजनाबीच सम्झौता

0
Shares

नेपालमा दिगो आवास निर्माणका लागि यूरोपियन युनियनले सञ्चालन गरिरहेको विल्डिङ इनर्जी इफीसेन्सी इन नेपाल (बीन) परियोजनासँग नबिल बैंकले सम्झौता गरेको छ ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । वर्षेनी आउने बाढी, पहिरोका कारण जनधनको क्षति हुँदै आएको छ । सम्झौताले नेपालमा दिगो तथा जलवायु अनुकूल भवनहरुको डिजाइन तथा निर्माण प्रवद्र्धन गर्नेछ । सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र बीन परियोना प्रमुख डेनियल नेयेरले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताले घरहरुको डिजाइन तथा निर्माणका लागि आवश्यक पर्ने वित्तीय सहयोग प्रदान गर्नुका साथै प्राविधिक सहयोग व्यवस्था गरिदिने छ । हाल नबिल बैंकले ‘सस्टेनेबल हाउजिङ लोन’ उपलब्ध गराउँदै आएको छ । यो सम्झौताले दीगो आवास क्षेत्र निर्माण मात्रै नभई निर्माण हुने घरहरुमा नवीकरणीय उर्जाको प्रयोगलाई समेत प्रवद्र्धन गर्नेछ ।

सन् २०४५ सम्ममा नेपालले शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्ने प्रतिबद्धता लिएको छ । नेपालको यो लक्ष्य प्राप्तिका लागि नबिल बैंक र बीन परियोजनाको सम्झौताले सहयोग गर्नेछ । नबिल बैंकका सीइओ ज्ञानेन्द्र ढुङ्गाना बताउँछन्, ‘नबिल बैंकले दीगो विकासका लागि विद्युतीय सवारी साधन खरिद गर्दा कर्जा दिने र घर खरिद गर्दा समेत कर्जा दिने कार्य गर्दै आएको छ ।

बीनसँगको सम्झौताले यस कार्यमा थप प्राविधिक सहयोग प्रदान गर्नेछ ।’ सम्झौतापत्रमा हस्ताक्षर गर्दै बीन परियोजना प्रमुख नेयेरले खुशी व्यक्त गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ असाेज २०८०, शुक्रबार  १४ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।