नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पंडा


नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राजेश कुमार पंडा नियुक्त भएका छन्। बैंकको असोज २२ गते बसेको संचालक समितिको बैठकले पंडालाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

उनी भारतीय स्टेट बैंक (एसबीआई) को तर्फबाट खटिई आएका हुन् । यस अघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली रहेका प्रमुख वित्तीय अधिकृत मोहमद रिजवान आलमले आफ्नो कार्यकाल पुरा गरेका छन् ।

यस्तै नबिन पौडेललाई कर्मचारी सञ्चय कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा वैकल्पिक सञ्चालकको पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ असाेज २०८०, मंगलबार  १३ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।