नेपाल आयल निगमले घटेको इन्धनको भाउमा पेट्रोल बिक्री नगर्ने पम्पलाई कारबाही गरेको छ । पेट्रोल पम्पमा छड्के अनुगमन गर्ने क्रममा पेट्रोल छैन भनी टास्ने र बढी मूल्यमा बिक्री गर्ने पम्पलाई कारबाही गरेको हो ।
मंगलबार काठमाण्डौंका केही पम्पले सरकारले दसैंको मुखमा घटाएको इन्धनको मूल्यमा पेट्रोल बेच्न अस्वीकार गरेको, कम मात्रामा पेट्रोल वितरण गरेको, इन्धन कमसललगायतका गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा छड्के अनुगमन गरिएको थियो।
सो क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उक्त पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको हो । प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेकोे थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया