राष्ट्र बैंकले आजदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने


नेपाल राष्ट्र बैंकले तिहार पर्वका अवसरमा आज आइतबारदेखि शुक्रबारसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखा बबरमहलका अनुसार तिहारका लागि प्रतिव्यक्ति बढीमा सुनका असर्फी एक सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) खरिद गर्न सकिने छ । 

राष्ट्र बैंकका अनुसार सर्वसाधारणको बिक्रीका लागि १० ग्रामको सुनको असर्फी सिक्काको मूल्य १ लाख १ हजार ९३५ रुपैयाँ, ५ ग्रामको ५० हजार ९६८ रुपैयाँ र २.५ ग्रामको २५ हजार ४८४ रुपैयाँ तोकिएको छ । यस्तै सर्वसाधारणले चाँदीका सिक्का एक सेट (गाईअङ्कित २५ ग्राम, गाईअङ्कित १० ग्राम, लक्ष्मीअङ्कित १० ग्राम, गणेशअङ्कित १० ग्राम, गजलक्ष्मीअङ्कित १० ग्राम) खरिद गर्न सक्नेछन्  चाँदीका सिक्का (मेडालियन) को बिक्री मूल्य सर्वसाधारणको लागि लक्ष्मी र गणेश र गजलक्ष्मी र गाई अंकित १० ग्राम सिक्काको १ हजार ६०० रुपैयाँ तथा गाई अंकित २५ ग्राम मेडालियन चाँदीको सिक्काका लागि ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सुनका असर्फी र चाँदीका सिक्का  आजदेखि २४ गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ३ः०० बजेसम्म बिक्रीको प्रबन्ध मिलाइएको छ । उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआर मार्फत भुक्तानी गर्न सकिने टक्सार महाशाखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ कात्तिक २०८०, आइतबार  ११ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।