इमर्जिङ नेपालद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?


इमर्जिङ नेपाल लिमिटेडले मंसिर १५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा बानेश्वर ब्यांकेट थापागाँउ, नयाँ बानेश्वर, काठमाण्डौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै सभामा आर्थिक वर्ष २०७९\८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ६ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार, मंसिर ५ गते (मंगलबार) सम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार  ०८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।