लाभांश पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ।

बैंकले मंसिर २४ गते, आइतबार, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा १९ औँ वार्षिक साधारण सभा डाकेको हो। सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ११ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १० गतेसम्म कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभा र लाभांश वितरणमा भाग लिन पाउने छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार  ०९ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।