सुनको भाउमा सामान्य वृद्धि

नोटबजार संवाददाता
काठमाण्डौं ।
४मंसिर, २०८०, सोमबार / Nov 20, 2023 10:40:am

आइतबार स्थिर रहेको सुनको भाउ सोमबार सामान्य वृद्धि भएको छ । आइतबार १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज सोमबार १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुनको भाउ १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको भाउ आइतबार १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८२ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments