अर्थतन्त्र सुधारको उपाय खोज्न प्रधानमन्त्रीले बोलाए सरोकारवाला निकाय

नोटबजार संवाददाता
काठमाण्डौं ।
४मंसिर, २०८०, सोमबार / Nov 20, 2023 12:10:pm

अर्थतन्त्र सुधारको उपाय खोज्न आज सिंहदरबारमा बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आजको बैठक अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने छ ।

प्रधानमन्त्री प्रचण्डले १ मंसिरमा तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मंसिर ४ गते अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका थिए । सरोकारवाला निकायहरुसँग छलफलपछि आवश्यक कदम चालिने बताइएको छ ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 


Share on:


Comments