साताको पहिलो कारोबार दिन नै सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको भाउ आज आइतबार भने प्रतितोला ६०० रुपैयाँ बढेको हो ।
आज बढेसँगै छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १६ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोजावी सुनको भाउ १ लाख १५ हजार ७५० रुपैयाँ तोकिएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ००२ दशमलव ३८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २४ दशमलव ३३ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया