सोमबार सुनको भाउले नयाँ उचाइ कायम गरेको छ । यसअघि कात्तिक १२ गते १ लाख १७ हजार पुगेर रेकर्ड कायम गरेको छापावाला सुनको भाउले एक महिनामा रेकर्ड तोडेको हो ।
आइतबार १ लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छापावाला सुन आज ५०० रुपैयाँ बढेसँगै नयाँ उचाइमा पुगेको हो । आज छापावाला सुनको भाउ १ लाख १७ हजार ४०० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोजावी सुनको भाउ १ लाख १६ हजार ३५० रुपैयाँ तोकिएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो १ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ०१२ दशमलव ९९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २४ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया