लिन्च स्टक मार्केट लिमिटेडले १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको २२६ औं बैठकले साधारण सभा आह्वान गरेको हो । सभा पौष ०७ गते, शनिबार कम्पनीको कार्यालय, नयाँ बानेश्वर – १०, काठमाडौंमा बिहान ८ः०० बजे हुने कम्पनीले जनाएको छ ।
सभाले नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ । यस्तै कम्पनीले आ.व २०७८\२०७९ को सेयर लागत बमोजिम हकप्रद सेयर जारी गरि कम्पनीको हाल कायम जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने बारे पनि निर्णय लिने छ ।
यस्तै सभाले संचालक समितिका तर्फबाट आ.व २०७९।०८० को वार्षिक प्रतिवेदन सभामा अध्यक्षज्यूबाट पेश गर्ने छ । यस्तै लेखापरिक्षकको प्रतिवेदन र वार्षिक वित्तीय विवरण २०७९ साल श्रावण १ गते देखि २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन र सो को अनुसुचीहरू पारित गर्न छलफलका लागी प्रस्तुत गर्ने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया