मंगलबार अमेरिकी डलरको भाउ स्थिर छ । सोमबार १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० रुपैयाँमा किनबेच भएको डलर आज पनि सोही भाउमा कायम गरिएको छ ।
मंगलबार युरोको भाउमा भाउमा भने वृद्धि भएको छ । सोमबार १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा तोकिएको युरो १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८८ पैसा र बिक्री दर ८८ रुपैयाँ २८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा र बिक्री दर २८ रुपैयाँ ५६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा छ भने बिक्री दर १० रुपैयाँ २७ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया