जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप २८) यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।

सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुन लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार  ०८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।