बिहीबार सुन-चाँदीको भाउ कति ?


लगातार तीन दिन रेकर्ड मूल्य बनाएको सुनको भाउ बिहीबार स्थिर बनेको छ । बुधबार प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा कायम गरिएको छापावाला सुनको भाउ बिहीबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ७५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला चाँदी १ हजार ५२० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ४४ दशमलव ०९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।