बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा तोकिएको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०४ पैसा र बिक्री दर ८८ रुपैयाँ ४४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा र बिक्री दर २८ रुपैयाँ ७२ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३४ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार  ०६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।