छापावाला सुनको भाउ रेकर्ड मूल्यबाट आरोलो लागेको छ । लगातार तीन दिन रेकर्ड मूल्य बनाएको सुनको भाउ बिहीबार स्थिर बनेको थियो ।
शुक्रबार सुनको भाउमा गिरावट आएको हो । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १९ हजार रुपैयाँमा कायम गरिएको छ । बिहीबार छापावाला सुनको भाउ १ लाख १९ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको भाउ १ लाख १८ हजार ७५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदी १ हजार ५४० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला तेजावी सुन १ हजार ५२० रुपैयाँ तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ४० दशमलव २७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ३१ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया