नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९४ पैसा तोकिएको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८४ पैसा र बिक्री दर ८८ रुपैयाँ २३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५७ पैसा र बिक्री दर २८ रुपैयाँ ७० पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २५ पैसा छ भने बिक्री दर १० रुपैयाँ २९ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया