आउटरिचले जित्यो २ विधामा इसीआई अवार्डमा काँस्य पुरस्कार


चीनमा सम्पन्न भएको इसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट एण्ड मार्केट इन्नोभेसन र मार्केटिङ इन्नोभेसन गरी २ विधामा काँस्य पुरस्कार जितेको छ ।

ग्लोबल इसीआई अवार्ड २०२२ को घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो ।

अवार्ड अन्तर्गतका तीन विधाहरु प्रोडक्ट एण्ड मार्केट इन्नोभेसन, मार्केटिङ इन्नोभेसन र मेटाभर्स इन्नोभेसनतर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ, स्वीटजरल्याण्ड, इटली, क्यानडा, नेपाल, अमेरिका, बेलायत, साउदी अरब, ब्राबिल, थाइल्याण्ड, ताइपेइ सिटी तथा अष्ट्रिया लगायतका मुलुक रहेका छन् ।

समारोहमा इसीआई अवार्ड अध्यक्ष लिजुन जियाले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।

इसीआई अवार्ड इन्टरनेशनल इन्टरप्रेनर्स, क्रिएटिभ एण्ड इन्नोभेटर्स एशोसिएसनद्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।