हिमाल दोलखाले पायो हकप्रद निष्काशन गर्ने अनुमति

0
Shares

हिमाल दोलखा हाईड्रोपावरले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । विधुत् नियमन आयोगले कम्पनीले प्रस्ताव गरेको चुक्ता पूँजीको ७५ प्रतिशत (१ः०.७५ अनुपातमा) हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरेको हो ।

विधुत् नियमन आयोगको पुस १८ गते बसेको बैठकले कम्पनीले पेश गरेको निवेदन सम्बन्धमा निर्णय गर्दै कम्पनीलाई हकप्रद जारी गर्न अनुमति दिएको हो । आयोगले कम्पनीलाई विभिन्न नियम तथा शर्तहरु पूरा गरी हकप्रद निष्काशन गर्न सहमति प्रदान गरेको जनाएको छ ।

जलविद्युत कम्पनीहरुले हकप्रद सेयर निष्काशन गर्नुअघि आयोगको पुर्व स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने हुन्छ । आयोगले स्वीकृति प्रदान गरेको हकप्रदलाई अब कम्पनीले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुनः अनुमति लिनुपर्ने हुन्छ ।

हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभुति गर्नेछ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरमा १ अर्ब १२ करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

हिमाल दोलखा हाइड्रोपावरले आर्थिक वर्ष २०७८९।८० को पहिलो त्रैमाससम्म ६ करोड ५० लाख ५१ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको हिमाल दोलखाको वार्षिक प्रतिसेयर आम्दानी ४.०७ रुपैयाँ ऋणात्मक छ । कम्पनीको जगेडा कोष ५५ करोड ५८ लाख ७ हजार रुपैयाँ ऋणात्मक भएससँगै प्रतिसेयर नेटवर्थ ६५.२६ रुपैयाँमा झरेको छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर १ मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा नम्बर ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर सञ्चालन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।