पिपुल्स इन्भेष्टमेन्टको हकप्रद सेयरमा आवेदन दिने समय थपियो

0
Shares

पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय एक महिना थप भएको छ । अवधि थप भएसँगै अब पुस २० गतेको अन्तिम मिति बढेर माघ २० गतेसम्म कायम गरिएको छ ।

कम्पनीले कात्तिक १६ गतेदेखि ३० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक सेयरधनीहरूका लागि १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीको पुस १९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद सेयरमा आवेदन दिने समय एक महिना थप गर्ने निर्णय गरेको हो ।

सेयरधनीले हकप्रद सेयर खरीदका लागि एनआईसी एशिया बैंकमा रहेको कम्पनीको खाता नम्बर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकको ०३१००१२००१२११८०००००१ मा रकम जम्मा गरी केन्द्रिय कार्यालय ट्रेड टावर, थापाथली , काठमाडौंमा सम्पर्क राख्नुपर्ने जनाइएको छ ।

कम्पनीको बोर्ड अध्यक्षमा माणिकरत्न शाक्य, कर्णप्रसाद देव भण्डारी, राजेन्द्र शाक्य, ज्ञान प्रसाद श्रेष्ठ, धनश्याम न्यौपाने र यमलाल रिजाल रहेका छन् । कम्पनीको प्रबन्ध सञ्चालक यमलाल रिजाल छन् । कम्पनीले ग्रामिण विकास लघुवित्त, सिद्धकाली पावर, लुम्बिनी विकास बैंक, जनता बैंक (हाल ग्लोबल आईएमई), कन्चनजंगा हाउजिङ्ग र मकालु डेभलपर्स लिमिटेडमा संस्थापक सेयर लगानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।