साढे दश महिनापछि कारोबार रकम ५ अर्ब नाघ्यो, लगानीकर्तामा उत्साह

0
Shares

सेयर बजारमा साढे दश महिनापछि कारोबार रकम पाँच अर्ब नाघेको छ । नयाँ सरकार गठनपछि उकालो लाग्न थालेको सेयर बजारमा बुधबार राष्ट्र बैकले चालु पुँजी कर्जामा संसोधन गरेपछि बजारमा थप रौनकता छाएको हो ।

नजिकिँदो पुस मसान्त र आर्थिक अवस्थामा उल्लेखनीय सुधार नभएकै अवस्थामा लगानीकर्ताको मनोबल भने एकपछि अर्को गर्दै बढेको छ । नयाँ सरकारमा अर्थमन्त्रीको रुपमा विष्णुप्रसाद पौडेलले कार्यभार सम्हालेपछि प्यानिक बन्दै आएका लगानीकर्तामा उत्साह छाएको थियो ।

नयाँ सरकार गठनपछिका ९ कारोबार दिनमा ७ दिन नेप्से बढेको छ भने दुई मात्र सामान्य अंकले करेक्सन आएको छ । सरकार गठनपछि मात्रै नेप्सेमा २्र७६.७३ अंकको बढोत्तरी आइसकेको छ । सरकार गठनअघि पुस ७ गते बिहीबार १८६७.२१ बिन्दुमा रहेको नेप्से पुस २० गते बिहीबार २१४३.९४ बिन्दुमा पुगेको छ ।

राष्ट्र बैकले चालु पुँजी कर्जामा संसोधन गर्दै सीमाभन्दा बढीको चालु पुँजीकर्जा पाँच किस्तामा आवधिक कर्जाको रुपमा तिर्ने व्यवस्था गरेपछि लगानीकर्ताको मनोबल बढ्दा सूचकसँगै कारोबार रकम समेत बढेको हो । यस्तै १ करोडभन्दा थोरै रकमको ऋणमा चालुपुँजी कर्जा मार्गदर्शन लागू नहुने, कर्जाको अवधिमा वृद्धि र व्यवसायीले बुझाउने कागजातमा समेत सहजीकरण गरेपछि सेयर बजारमा समेत त्यसको सकारात्मक असर देखिएको हो ।

बिहीबार १८.०९ अंकले बढेको बजारमा ९ कपनीको सेयरमूल्य ९ प्रतिथशतभन्दा धेरै बढेको छ । कारोबारमा आएका २५९ मध्ये १४७ कम्पनीको सेयरमूल्य बढेको छ भने ६२ कम्पनीको सेयरमूल्य घटेको छ । ४ कम्पनीको सेयरमूल्य भने घटेको छ ।

बिहीबार २५९ कम्पनीका १ करोड २५ लाख ८१ हजा ९८२ कित्ता सेयर ७१ ह्जार ८१६ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँमा समेटिएको छ । बुधबारको तुलनामा कारोबार रकम १ अर्ब ५४ करोड रुपैयाँले बढेको छ ।

आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६१ प्रतिशतले उकालो लागेर ४१११.२३ अंकमा पुगेको छ । आज कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये बैंकिङ्ग र अन्य बाहेक ११ वटामा हरियाली छाएको छ । चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्किट लागेपछि होटल तथा पर्यटनमुलक सूचक सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ । लगानी, उत्पादन तथा प्रशोधनमुलक ३ प्रतिशत धेरै बढ्दा फाइनान्स र ब्यापार २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्सेका अनुसार आज चन्दा्रगिरि हिस्स, बुद्धभुमी नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । यस्तै बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, इस्ट्रन हाइड्रोपावर, हिमालयन हाइड्रोपावरको सेयरमूल्य करिब दश प्रतिशतले बढेको छ ।

बिहीबारको बजारबाट सिटिजन्स म्युचुअल फन्ड–२ को इकाईमूल्य सर्वाधिक ३.०३ प्रतिशतले घटेको छ ।मनकामना स्मार्ट लघुवित्त २.८८, नारायाणी डेभलपमेन्ट बैंक २.८२, नेपाल एसबिआई डिबेञ्चर २०८६ को मूल्य २.७० प्रतिशत, र प्रभु इन्स्योरेन्स २.४६ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ४३ करोड १९ लाख ६६ हजार रूपैयाँ बराबरको कारोबार भयो । रिडी पावर कम्पनीको २१ करोड ४१ लाख ८ हजार रूपैयाँ, हिमालय दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७८ हजार रूपैयाँ, एनआईसी एशिया बैंकको ११ करोड ८४ लाख ४४ हजार रूपैयाँ र नेपाल पुनरबीमा कम्पनीको १० करोड २ लाख ६५ हजार रूपैयाँ कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । शिवम् सिमेन्ट, नबिल बैंक, नेपाल एसबिआई बैंक, अपि पावर र ङादी ग्रुप पावर शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

बिहीबारको बजार बन्दपछि समग्र बजार पुँजीकरण ३१ खर्ब १ अर्ब ४४ करोड १ लाख रुपैयाँमा समेटिएको छ । बुधबार मात्रै २६ अर्ब ७० करोडले बजार पुँजीकरण बढेको हो । बुधबार कुल बजार पुँजीकरण ३० खर्ब ७४ अर्ब ७४ करोड २७ लाख रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।