कुमारी बैंकको जनबाहल भेडासिंह शाखा सञ्चालनमा


कुमारी बैंकले काठमाण्डौंको जनबाहल, भेडासिंह शाखा सञ्चालनमा ल्याएकोे छ ।

उक्त शाखाको काठमाण्डौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले उदघाटन गरेका हुन् ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको विज्ञप्तिमा उललेख छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।

२१ वर्ष अघि २०५७ सालमा स्थापना भएको आएको कुमारी बैंकले २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।