महालक्ष्मी विकास बैंकका सेवाग्राहीलाई सामसुङ प्लाजामा छुट


महालक्ष्मी विकास बैंकले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नक्साल, काठमाडौंमा अवस्थित हिम इलेक्ट्रोनिक्स प्रा लि. (सामसुङ प्लाजा) सँग छुट सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुच्चेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।

बैंकका ग्राहकहरुले सामसुङ प्लाजाबाट कन्जुमर इलेक्ट्रिोनिक्स खरिद गर्दा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा कम्पनिका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् ।

यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुँच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।