अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले माघ २७ गते साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाण्डौंमा माघ २७ गते बिहान ११ बजे सभा २५ औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले चुक्ता पुँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अुमोदन गर्ने विशेष प्रस्ताव राखेको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांशलाई विद्युत् नियमन आयोगले पुस २८ गते नै स्वीकृति प्रदान गरेको थियो । अब साधारण सभाबाट पारित भएपछि उक्त लाभांश वितरणका लागि योग्य हुनेछ ।
यस्तै गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुधबार एक दिन बुकक्लोज गर्ने जनाएको छ । बुकक्लोजको आधारमा माघ १७ गते मंगलबारसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा माग लिन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया