एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशत घट्यो

0
Shares

एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा समीक्षा अवधिमा ५०.५३ प्रतिशतले घटेको छ । बैंकको बढेको इम्पेरिमेन्ट चार्ज र गैर सञ्चालन खर्चका कारण मुनाफा प्रभावित बनेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ करोड ३२ लाख ६२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत आवको सोही अवधमिा बैंकले ४ करोड ७० लाख २९ हजार नाफा आर्जन गरेको थियो ।

गत आवको दोस्रो त्रैमाससम्म रहेको ४ करोड १४ लाखको इम्पेरिमेन्ट चाज समीक्षा अवधिमा बडेर ८ अर्ब ८५ करोड पुगेको छ । यस्तै बैंकले २ करोड ७० लाख गैर सञ्चालन खर्च गरेको छ । गत आवमा गैर सञ्चालन खर्च वापत शुन्य खर्च गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको बैंकको जगोड कोषमा ४६ करोड ११ लाख रुपैयाँ सञ्चित छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २१ पैसा, पीई रेसियो ९८.३१ गुणा छ ।

बैंकको खराब कर्जा अनुपात गत आवको यसै अवधमिा ३.७१ प्रतिशत रहेकोमा बढेर ५.९० प्रतिशत पुगेको छ । बैंकको स्प्रेडदर ४.७९ प्रतिशत, आधारदर १२.२६ प्रतिशत, कर्जा निक्षेप अनुपात ८३.५४ प्रतिशत, र पुँजीकोष अनुपात १३.२५ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।