गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार रोक्न प्रशासनसँग व्यवसायीको आग्रह


खुल्ला सीमाका कारण अवैध रुपमा गाडीका पार्ट पुर्जाको ओसार पसार बढेको भन्दै व्यवसायीले त्यसलाई रोक्न माग गरेका छन् ।

गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबार बढेको भन्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र वुटवल अटो इन्जिनियरीङ्ग एसोसियसनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन ।

गाडीको पार्ट पुर्जाको अवैध कारोबार बढ्दा बैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेको भन्दै उनीहरुले त्यसलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् । राज्यलाई प्राप्त हुने राजश्वको ठुलो हिस्सा पनि गुमिरहेको भन्दै उनीहरुले समस्या व्यवसायीको मात्र नभएकोतर्फ जोड दिएका छन् ।

विश्वव्यापी महामारी कोभिड १९ का कारण कारण उत्पन्न असहज अवस्थाका बीच बैंकिङ क्षेत्रमा भएका नीतिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भइरहेका बेला बढेको अवैध कारोवारले व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको उनीहरुको भनाई छ । हुन ।

यस्तो कारोबारले व्यवसायीहरु मात्र मारमा परेको नभई राष्ट्रलाई नै हानी भईरहेको सन्दर्भमा साझा समस्याको रुपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार बिभाग तथा प्रहरी प्रसासनको संयुक्त पहलमा अवैध कारोवारलाई निरुत्साहित गर्ने र अवैध कारोवारीहरुलाई कारवाहिको दायरामा ल्याउनुपर्ने व्यवसायीले बताएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।