नेपाल पर्यटन श्रमिक संघको अध्यक्षमा लामिछाने


नेपाल पर्यटन श्रमिक संघको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने निर्वाचित भएका छन् ।

संघको सोमबार राति सम्पन्न तेस्रो महाधिवेशनले उनको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्षमा केशव मैनाली, लोकबहादुर गुरुङ र मिलन अधिकारी, महासचिवमा प्रकाश रिजाल र टेकबहादुर गुरुङ, उपमहासचिवमा दिपेन्द्र धरेल र सुरज तामाङ, कोषाध्यक्षमा नवराज सुवेदी क्षेत्री र सहकोषाध्यक्षमा सुर्चबहादुर तामाङ निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा टोपनारायण श्रेष्ठ, लोकबहादुर रावल, हरि अधिकारी, दीपक रेग्मी सौगात गुरुङ, पवन तामाङ, राहुल तामाङ, कृष्ण थापा, विकास नगरकोटी, दिलमान गुरुङ, राजेश्वर अम्गाईँ र सुजल गुरुङ निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य रुपेशराज सिग्देलले जानकारी दिए । संघको सल्लाहकारमा निवर्तमान अध्यक्ष दिपेन्द्र (कपील) पाण्डेलाई चयन गरिएको छ ।

पर्यटन क्षेत्रमा कार्यरत मजदुर मिलेर विस २०६६ सालमा स्थापना गरिएको उक्त सङ्घमा हाल एक हजार ४०० पदयात्री, आरोही, जलयात्री, ‘टुर’ जंगल सफारी गाईडलगायत आवद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।