माघसम्म कुरकुरे, लेज र चिजबल मात्रै साढे ३७ करोडको आयात


सरकारले लगाएको आयत प्रतिबन्धका बावजुत चालु आर्थिक वर्षको सात महीना अवधिमा नेपालमा ‘जंक फुड’ को नामले चिनिने कुरकुरे, लेज चिजबल मात्रै साढे ३७ करोड रुपैयाँ बढीको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि माघसम्मको अवधिमा ३७ करोड ६१ लाख ५ हजार रुपैयाँ बराबरको ७ लाख २६ हजार ८२७ किलो जंक फुड आयात भएको हो ।

गत आर्थिक वर्ष २०७८।७९ को माघसम्मको तथ्यांक हेर्ने हो भने कुल ४२ करोड ९२ लाख ७० हजार रुपैयाँ बराबरको ९ लाख ८१ हजार ६८ किलो आयात भएको थियो । विभागको तथ्यांक अनुसार आयात प्रतिबन्धका कारण गत माघको तुलनामा ५ लाख ३१ लाख रुपैयाँ कम मात्र आयात भएको हो ।

अघिल्लो आर्थिक वर्षभन्दा कुरमुरे लगायतका जंक फुड आयात केही घटेजस्तो देखिएको भए पनि उपभोग भने पहिलाको भन्दा बढ्दै गएको छ । गत बैशाखदेखि भदौ मसान्तसम्म सरकारले विलासीताका वस्तुका साथै कुरकुरे, लेज चिजबल जस्ता वसतुको आयातमा प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धका कारण स्वदेशी उत्पादनको उपभोग बढ्दा आयातको हिस्सा घटेको हो ।

मुलुकभित्रै व्यवसायीक घराना चौधरी ग्रुप, दुगड ग्रुप तथा एशोदा फ्ड्स लगायतलले कुरमुरे, चिजबल लगायत उत्पादन तथा बिक्री गर्दै आइरहेका छन् । त्यसबाहेक आयात बन्देजका कारण खुला नाकाबाट कतिपय अवस्थामा भन्सार छलेर समेत यस्ता खानेकुराको आयात बढ्दा औपचारिक रूपमा हुने आयातमा कमी देखिएको हो ।

यसैबीच मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै जान थालेपछि सरकारले बैशाखदेखि भदौसम्मको पाँच महिना अवधिमा जंक फुड कुरकुरे, कुरमुरे र लेज जस्ता अस्वस्थकर र अनावश्यक खाद्यवस्तुको आयातमा रोक लगाएको थियो । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले २०७९ बैशाख १५ गतेदेखि भदौ मसान्तसम्म विलासिताका वस्तुसँगै जंक फुडहरुको आयतमा समेत रोक लगाएको थियोे ।

यस्तै आर्थिक वर्ष २०७७\७८ को साउनदेखि माघसम्ममा ४८ करोड ७८ लाख ९८ हजार रुपैयाँ बराबरको ९ लाख ५८ हजार ८५२ किलो आयात भएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो ।

मुख्य रुपमा नेपालमा भारतबाट यस्ता सामाग्रीहरुको उच्च आयात हुने गरेकोमा मलेसिया, अमेरिका, चीन, बेलायत, बंगलादेश, नर्वे, ताइवान, फ्रान्स लगायत देशबाट समेत कुरकुरे, लेज, पोट्याटो चिप्सजस्ता जंक फुड आयात हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।