सिवाइसी र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेदेखि


सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार फागुन ३० गतेदेखि हुने भएको छ ।

दुइ लघुवित्त मर्जर पश्चात् सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट फागुन ३० गतेदेखि संयुक्त कारोबार हुने भएको हो । मर्जर प्रक्रियाको लागि फागुन २८ र २९ गते २ दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने भएकाे छ ।

एक आपसमा गाभ्ने।गाभिने (मर्जर) अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकबाट गत पुस ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १५ गते सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तलाई एकआपसमा मर्ज भई ‘सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार गर्न स्वीकृत प्राप्त भएको थियाे ।

गत असार २२ गते यी दुवै लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियाे ।  दुई संस्थाबीच एक आपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्बन्धी सम्झौतापश्चात् दुबै संस्थाको असोज ७ गते छुट्टाछुट्टै बसेको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित भएको थियो ।

संस्थाको केन्द्रीय (रजिष्ट्रार्ड) कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सभागृहचोक, कास्की, साविक सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय कायम रहने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।