बाह्य दाबाबले भन्दा पनि बजार अनुसार ब्याजदर चलाउन राष्ट्र बैंकको सुझाव

0
Shares

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दबाबमा भन्दा पनि बैंकिङ क्षेत्रको अवस्था अनुसार ब्याजदर चलाउन सुझाएको छ । पछिल्लो समयमा बैंकहरुको चौतर्फि विरोध भएपछि केन्द्रीय बैंकले बैंकहरुलाई दबाबमा नभई बजारको अवस्था अनुसार ब्याजदर चलाउन भनेको हो।

अर्थतन्त्रमा समस्या देखिएपछि प्रभावित भएका उद्योगी/व्यापारीले बैंकहरुको विरोध गरेका थिए । त्यसका साथै उच्च ब्याजदरका कारण बैंक वित्तीय संस्थाका ऋणीले कर्जा नै नतिर्ने सम्मको दुरुत्साहस गरेपछि केन्द्रीय बैंकले चासो देखाउदै बैंक व्यवस्थापन नेतृत्वसंग छलफल गरेको हो ।

छलफलका क्रममा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी सहितका उच्च अधिकारीले २१ वाणिज्य बैंकका प्रमूख कार्यकारीको कुरा सुनेका थिए । छलफलमा आर्थिक अवस्था र बैंकिङ क्षेत्रको समस्याबारे कुनै ठोस योजना भने केन्द्रीय बैंकका अधिकारीले दिएनन । तर, बैंकरहरुका गुनासा भने लामो समय लिएर सुनेको सहभागि बैंकरले जानकारी दिए ।

उद्योगी व्यवसायी र ऋणीहरुको विरोधका कारण दबाबमा आएर ब्याजदर घटाउन भन्दा पनि बजारको आवश्यकता अनुसार निर्णय गर्न गभर्नर अधिकारी सुझाएको ती बैंकरको भनाई छ । बैंकमा कर्मचारी कु्ट्ने देखि कर्जा नतिर्नेसम्मको साहास गरेका बैंकका ग्राहकको दबाबमा चैतको ब्याजदर घटाएको भएपनि आगामी दिन दबाबमा यस्ता काम नगर्र्न समेत गभर्नर अधिकारीले सुझाएका थिए।

“केन्द्रीय बैंक बैंकिङ क्षेत्रको पछिल्लो अवस्था बाहिर आएको हल्ला जस्तो हो होइन भनेर निश्चित गर्न खोजेको रहेछ,” ती बैंकरले भने,“बाहिरी बातवरण अस्थिर भएपनि बैंकहरुको अवस्था सबल तथा सामान्य नै रहेको सबै बैंकरहरुको भनाई थियो ।” बाहिर अर्थतन्त्र जटिल अवस्थामा पुगेको भनिएपनि बैंकिङ क्षेत्र स्ट्याबल, साउण्ड, र स्मुथ नै रहको ती बैंकरको भनाई छ ।

अर्थतन्त्रमा अहिले देखिएको समस्याले बैंकिङ क्षेत्रमा सस्पेन्सन र प्रोभिनिङ बढ्नु सामान्य हो । अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्या सहन र नियन्त्रण गर्न सकिने खालको रहेको अर्का एक बैंकरको भनाई छ । यस सन्दर्भमा नेपाल राष्ट्र बैंकपनि जानकार रहेको समेत उनले बताए ।

साउथ एसियाका बैंकहरुको तुलनामा नेपाली बैंकहरुको अवस्था धेरै मजबुत छ भन्नेमा राष्ट्र बैंक समेत सहमत छ । अहिलेको अवस्थामा निक्षेपकर्ता, ऋणी, लगानीकर्ता तथा सबै सरकोबारवालाहरुलाई विश्वासमा लिएर अघि बढ्नु पर्ने सुझाव समेत गभर्नरको रहेको ती बैंकरको भनाई छ । राष्ट्र बैंक तथा बैंकहरु अहिलेको अवस्था आत्तिन पर्ने नभएको निष्कर्ष छ ।

उच्च ब्याजदर, स्रोत अभाव तथा मागको कमीका कारण केही क्षेत्रहरुलाई असर गरेको राष्ट्र बैंकको बुझाइ छ । पछिल्लो समयमा सिमेन्ट, स्टिल, कन्सट्रक्सन कम्पनीहरुमा सेल्स कम भएको भएपनि अवस्था खराब नै नभइ सकेको केन्द्रीय बैंकका अधिकारीहरुको बुझाइ छ । सरकारी खर्च बढेको अवस्थामा सुधार आउने आशा बैंकहरुको छ ।

बैंकिङ क्षेत्रमा अहिले बढेको खराब कर्जा नियन्त्रण भित्र नै रहेको बैंकहरुको भनाइ छ । केही समस्याहरु बैंकिङ क्षेत्रमा देखिएको भएपनि समाधान गर्न नसकिने वा नियन्त्रण भन्दा बाहिर जाने अवस्था छैन ।

आगामी आर्थिक वर्ष देखि बैंकहरुले काउन्टर साइक्लिक बफर पनि कायम गर्नु पर्छ । त्यसमा भने बैंकहरुले सहज नीति अबलम्बन गर्न आग्रह गरेका थिए । क्यापिटल कम भएका बैंकहरु सबै कसिलो अवस्थामा भएकाले झनै अफठ्यारो अवस्था नआओस भनेर काउन्टर साइक्लिकल बफरको व्यवस्थामा केन्द्रीय बैंकले लकचता अपनाउनु आवश्यक रहेको बैंकहरुको भनाइ थियो ।

बैंकहरुले कर्जाको पुनसंरचना गर्ने अवधि पनि बढाइदिन केन्द्रीय बैंकलाइ आग्रह गरेका थिए । त्यस सन्दर्भमा भने केन्द्रीय बैंकका पक्षबाट खासै सम्बोधन नभएको एक बैंकरले जानकारी दिए । बैंकका कर्मचारीलाई थ्रेट बढ्नुका साथ निरुत्साहित बनाएको हुनाले सबै पक्षहरु मिलेर यसलाई नियन्त्रण गर्न समेत केन्द्रीय बैंकले सुझाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।